Thursday, April 29, 2021

निषेधाज्ञामा हवाई यात्रुले के गर्नुपर्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आउने अन्य विदेशी नागरिकले पनि यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्टको प्रमाण पेस गर्नुपर्नेछ भने १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । विदेशबाट फर्किने नेपालीले पनि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण पेस पर्नुपर्नेछ । विमानस्थलबाट सोझै घर जान चाहानेले स्थानीय सरकारको निगरानीमा १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्नेछ । होम क्वारेन्टाइनमा बस्न नसिकने अवस्था भए काठमाडौंमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

नेपालबाट कुनै पनि विदेशीले सजिलै तेस्रो मुलुक जान पाउने छैनन् । भारतीय वा अन्य मुलुकबाट नेपाल आएकाले अर्को (तेस्रो) मुलुक प्रस्थानको अनुमति नपाउने अध्यागमन विभागका निर्देशक झकनाथ ढकालले बताए । मन्त्रिपरिषद्ले सोमबार गरेको यो निर्णयअघि नै नेपाल आइसकेका विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा स्थलमार्गबाट बाहिरिन चाहे सरकार र मातहतका निकायले रोक्न नपाउने उनले बताए ।


Thursday, September 10, 2020

सुरुवात आज बाट

जीवनमा सबैको आ-आफ्नै चाहना भावना एवम् बिचारहरु हुन्छन् र त्यसलाई कुनै न कुनै माध्यम मार्फत हामीले व्यक्त गर्ने गर्छौ ,त्यस्तै मैले पनि यो मेरो ब्लग मार्फत केही मेरा निजी बिचार भावना एवं सृजनाहरु राखेर आत्मसन्तुष्टि को परिधी खिच्ने कोशिस गरेको छु!

निषेधाज्ञामा हवाई यात्रुले के गर्नुपर्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आउने अन्य विदेशी नागरिकले पनि यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेट...